Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नुवाकोटको शिवपुरीमा बुधबार भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका पाइलट (क्याप्टेन) अरुण मल्लको शव परिवारलाई हस्तान्तरण गरिएको छ। त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले पाइलट मल्लको शव परिवारलाई बुझाएको हो।

त्यसैगरी, दुर्घटनामा ज्यान गुमाएका चार जना चिनियाँ नागरिकको पहिचान गर्न आवश्यक तथ्याङ्क सङ्कलनको काम भइरहेको छ। त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीका अनुसार चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु, र जेमिङ जीको शव पहिचानका लागि आवश्यक प्रक्रिया चलिरहेको छ। ती शवहरूको पोस्टमार्टम सकिएको छ।

बुधबार दिउँसो काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीतर्फ चिनियाँ पर्यटक लिएर उडेको एअर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौरमा दुर्घटनाग्रस्त हुँदा पाइलट मल्लसहित पाँच जनाको मृत्यु भएको थियो।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया