Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

यतिबेला जापानमा चरम गर्मीले मानिसलाई निकै समस्यामा पारेको छ । यो समस्या जापानका लागि अद्वितीय होइन, तर विश्वव्यापी जलवायु परिवर्तनको प्रत्यक्ष प्रमाण हो । जापानमा यस वर्षको गृष्म ऋतुमा अत्यधिक गर्मीको अनुभव गरिएको छ, जसले स्वास्थ्य समस्या, ऊर्जा संकट र यहाँका बासिन्दाहरूको जनजीवन चुनौतीपूर्ण बन्दै गईरहेको छ ।

जापानमा हाल अत्यधिक गर्मीका कारण धेरै मानिसहरूलाई हिट स्ट्रोक (लू), डिहाइड्रेसन र अन्य गर्मी सम्बन्धी स्वास्थ्य समस्याहरूले पिरोल्दै आएको छ । जापान सरकारले हिट स्ट्रोक बारे जनचेतनामूलक अभियान, सार्वजनिक स्थानमा चिसो पानी र छायाँको ब्यवस्था, बृद्धबृद्धा र बालबालिकालाई विशेष सावधानी अपनाउन सल्लाह दिने लगायतका विभिन्न उपायहरु अपनाइरहेको छ ।

नेपाल जस्तो देशले जापानको अनुभवबाट धेरै कुरा सिक्न सकिन्छ । नेपालमा पनि जलवायु परिवर्तनका कारण गर्मी मौसम अस्वभाविक बन्दै गईरहेको छ । जसका कारण यहाँका जनताले स्वास्थ्य समस्या, खेतीपाती समस्या, खानेपानीको अभाव जस्ता समस्या झेलिरहेका छन् । त्यसैले नेपालले पनि यो समस्यालाई गम्भीरतापूर्वक लिनुपर्दछ । जापानजस्तै नेपालले पनि गर्मी र डिहाइड्रेसन जस्ता स्वास्थ्य समस्याबारे जनचेतना फैलाउनुपर्छ । रेडियो, टेलिभिजन र सामाजिक सञ्जालबाट जनतालाई सचेत गराउन सकिन्छ । सार्वजनिक स्थानमा चिसो पानी, छायाँ र आराम गर्ने ठाउँको व्यवस्था गर्नुपर्छ । यसले मानिसहरूलाई गर्मीबाट बच्न मद्दत गर्छ । गर्मीका कारण उत्पन्न हुने समस्याको उपचारका लागि अस्पताल र स्वास्थ्य केन्द्रहरू विशेष रूपमा तयारी गर्नुपर्छ । स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्छ र आवश्यक औषधि र उपकरणसहित २४ सै घण्टा तयारी अवस्थामा तैनाथ गराउनुपर्छ ।

जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न वृक्षारोपण, जल संरक्षण र वातावरणमैत्री गतिविधिमा जोड दिनुपर्छ । यसले लामो समयसम्म तापक्रम नियन्त्रण गर्न मद्दत गर्छ । यसैगरी कृषिमा गर्मी प्रतिरोधी बालीको प्रयोग र आधुनिक सिंचाइ प्रणालीको विकास गर्न आवश्यक छ । यसले किसानहरूलाई गर्मीको प्रभावबाट जोगाउन मद्दत गर्दछ । जापानको वर्तमान गर्मीले नेपाललाई जलवायु परिवर्तनको गम्भीरता बुझेर यसको असर न्यूनीकरण गर्न आवश्यक उपाय अपनाउन पनि प्रेरित गर्नुपर्छ । आमनागरिक र राज्य तहका हामी सबै मिलेर यो चुनौतीको सामना गर्नुपर्छ र दर्घकालीन समाधानतर्फ अघि बढ्नुपर्छ । जापानमा अत्यधिक गर्मीका कारण गत हप्ताभरीमा ११ जनाको मृत्यु भएको जापानी अधिकारीले बताएका छन् । गर्मीका कारण अन्य छ हजार भन्दा बढि व्यक्ति अस्पताल भर्ना भएको बताइएको छ । जापानको अधिकांश भूभागमा मनसुनी बर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो ।

जापान मौसम विभागका अनुसार अत्यधिक गर्मीका कारण आउने उष्ण लहर अगस्टको अन्तिम हप्ता वा सेप्टेम्बरसम्म जारी रहने अपेक्षा गरिएको छ । यसले स्वास्थ्यलाई मात्र नभई कृषि उद्यमलाई असर पार्दा र खाद्य सुरक्षाको जोखिम बढ्ने उत्तिकै संभावना देखिएको छ । जापानको शिजुओका सहर जापानको सबैभन्दा तातो ठाउँ हो । यहाँ ३८ दशमलव ९ डिग्री सेल्सियससम्म तापक्रम रेकर्ड गरिएको छ । टोकियो क्षेत्रको फुचु सहरमा तापक्रम ३८ डिग्री सेल्सियस पुगेको छ ।
अत्यधिक तामक्रमसंग जुध्न सक्ने शारीरिक क्षमता नभएका ब्यक्तिहरुलाई बढ्दो गर्मी र उष्णताका कारण कुनै पनि बेला स्वास्थ्यमा समस्या आउन सक्ने भएकोले उच्च सतर्कता अपनाउन स्वास्थ्य अधिकारीहरुले बताउँदै आईरहेका छन् ।

दैनिक प्रशस्त पानी पिउने, अति जरुरी काम नपरी बाहिर ननिस्कने, निस्कनै परेमा गर्मीबाट जोगिन हदैसम्मको ख्याल गर्ने, समय हुँदा साथ शितलता र छायाँको सहारा लिने, हेभी खानामा भन्दा सलादजन्य हरियो सागपात तथा फलफुलमा जोड दिन विज्ञहरु सुझाउँछन् । अत्यधिक गर्मीका कारण प्रभावित हुँदै गएको जापानको जनजीवनका बारेमा आवश्यकीय जानकारीका बारेमा सँधै अपडेटमै रहने र नियमित सम्पर्क भईरहने आफ्ना सर्कलका सबैलाई सचेत गराउने मात्र गर्न सके पनि अत्यधिक गर्मीका कारण उत्पन्न हुन सक्ने संभावित समस्याबाट बच्न सकिन्छ । ***

तपाईको प्रतिक्रिया