Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी अभियोगमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ। सहारा चितवन सहकारीसँग सम्बन्धित ठगी प्रकरणको अनुसन्धान सम्पन्न भएपछि जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित १४ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न तयारी गरेको हो।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेका साथै नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, पूर्व असई रामबहादुर खनाल र कुमार रम्तेल लगायत १४ जनालाई प्रतिवादी बनाउने सिफारिससहित प्रहरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले प्रतिवेदनका आधारमा लामिछानेसहित अन्य प्रतिवादीविरुद्ध मुद्दा दर्ता गर्न आवश्यक कानूनी प्रक्रिया पूरा भएको बताए।

उनले माघ २२ गतेभित्र अदालतमा अभियोजन दर्ता गरिसक्ने जानकारी गराए। उनीहरूविरुद्ध सहकारी ठगी र संगठित अपराधको आरोपमा मुद्दा चलाइने तयारी छ। प्रहरीले १४ जना प्रतिवादीबाट ३८ करोड ९ लाख ७९ हजार एक सय ७७ रुपैयाँको बिगो भराउने राय दिएको छ। लामिछाने आइतबारमात्रै रुपन्देही जिल्ला अदालतबाट सुप्रिम सहकारी ठगी प्रकरणमा १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटिसकेका थिए।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया