Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

काठमाडाैं – श्रीमान्-श्रीमतीको सम्बन्धमा प्रायः प्रेम र विवादको हुन्छ। दुईबीच हुने झगडा सामान्य हो । कयौंपटक सपिङ मल वा बजारमा जोडीहरु झगडा गरेको पनि देखिन्छ ।

कहिलेकाहीँ यी झगडाहरू सडक र सडकमा तमाशा पनि बन्छन् । त्यसले अरूलाई कत्तिको प्रभाव पार्न सक्छ ? तर हालै यस्तै एउटा झगडाले ठूलो समस्या निम्त्यायो किनकी यो झगडा उडिरहेकाे जहाजमा भएको थियो ।

विमानमा श्रीमान्–श्रीमतीबीच एक्कासी झगडा हुँदा स्थिति यति बिग्रियो कि विमानले आकस्मिक अवतरण गर्नुपर्‍यो । डेली स्टारको रिपोर्टका अनुसार यो घटना डब्लिनबाट उडानका क्रममा श्रीमान्–श्रीमतीबीच भएकाे थियाे । जसका कारण विमान फर्किनुपरेको थियो । यो घटनाको पीडा दम्पतीसहित सबै यात्रुले भोग्नुपरेको थियो ।

फ्लाइट इआइ-७३८ करिब ७ः१५ मा डब्लिनबाट उडेको थियो । तर, उडेकाे एक घण्टापछि चालक दलले आपतकालीन अवतरणको घोषणा गर्यो ।

वास्तवमा, एक दम्पतीले उडानकाे दाैरान निकै नराम्रोसँग झगडा गर्न थालेका थिए । चालक दलले दुवैलाई शान्त पार्ने प्रयास गरे तर दुवैले एकअर्कालाई पिटेका थिए। स्थिति नियन्त्रण बाहिर गएपछि पाइलटले कन्ट्रोल रुमलाई खबर गरेपछि विमानलाई नान्टेस विमानस्थलमा आपतकालीन अवतरण गराउन बाध्य पारिएको थियो ।

त्यो झगडाका क्रममा महिलाको अनुहारमा चोट लागेको थियो । विमान अवतरणपछि उनका पतीलाई पक्राउ गरिएको थियो । दुई घन्टाकाे ढिलाइपछि फ्लाइट पुनः उडेकाे थियाे । फ्लाइट आफ्नो गन्तव्य अर्थात् पाल्मा डे मालोर्का विमानस्थलमा राति १ः०५ बजे पुग्यो ।

तपाईको प्रतिक्रिया