Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौं – नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा गएको पहिरोमा परेर शुक्रबार बिहानदेखि त्रिशूली नदीमा हराइरहेकामध्ये ११ जनानाको शव भेटिएको छ । चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार घटनास्थलभन्दा ५० किमि तल गैंडाकोटदेखि गोलाघाट क्षेत्रमा शव फेला परेका छन् । फेला परेको ५ शवको मात्रै सनाखत भएको छ । सनाखत हुन नसकेका शवहरूमध्ये तीन वटा भरतपुर अस्पताल र तीन वटा परासी अस्पतालमा राखिएको छ । पहिचान भएपछि ती शव पोष्टमाटम गर्दै परिवारलाई बुझाउने तयारी छ ।

शुक्रबार भएको दुर्घटना पछि अहिले सम्म फेला परेका शवहरू मध्ये सनाखत भएकामा भारत वेतियाका सजात अन्सारी, रौतहटका प्रकाश ठाकुर, चितवन माडीका विकाश परियार, सर्लाही वरथहवाका रमितकुशर माझी र भारत विहारका ऋषि पाल रहेका छन् ।

दुर्घटना ग्रस्त बस अझै भेट्न सकिएको छैन । चितवन प्रशासनले आइतबार नयाँ विवरण सार्वजनिक गर्दै काठमाडौंदेखि गौर जाँदै गरेको बसमा ३८ जना र वीरगन्जदेखि काठमाडौं जाँदै गरेको बसमा २७ गरी ६५ जना यात्रु रहेको जनाएको छ । जसमा तीन यात्रु पौडिएर बाँच्न सफल भए पनि दुई बस र बाँकी ५७ यात्रु भने तीन दिन बित्दा पनि फेला पर्न सकेका छैनन् ।

आज चौथो दिन पनि नेपाल प्रहरी, शससत्र प्रहरी र नेपाल प्रहरीले खोजी कार्य जारी राखेको छ ।

तपाईको प्रतिक्रिया