Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निवर्तमान महामन्त्री मुकुल ढकालले देश बाढीपहिरोको संकटमा भएका बेला गृहमन्त्री रवि लामिछानेले उचित संवेदनशीलता देखाउन नसकेको बताएका छन् ।

रास्वपाका तर्फबाट सरकारमा नेतृत्व गरेका लामिछाने पदीय जिम्मेवारी अनुरुप काम गर्न नसकेको बताए । ‘देशमा बाढीपहिरोको संकट छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्छ । उहाँ नागरिकलाई कसरी उद्धार गर्ने, कसरी राहत दिने भनेर खट्नुभएको छैन,’ ढकालले भने, ‘उहाँ महामन्त्रीलाई कारबाही गर्ने कि नगर्ने भनेर दिनभर बैठक राखेर बसिरहनुभएको छ ।’

उनले आफूले चिनेको रवि लामिछाने एक्सन म्यान भएको भन्दै पहिलाको जस्तो नरहेको बताए । ‘हामीले चिनेको रवि लामिछाने त्यस्तो होइन । तर, हामीले चिनेको रवि लामिछाने अब रहनुभएन,’ ढकालले भने ।

तपाईको प्रतिक्रिया