सोमबार, आषाढ २४, २०८१
Monday, July 8, 2024

काठमाडौं – बेलायती पूर्व प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीकी उम्मेदवार लिज ट्रसले आफ्नो संसदीय क्षेत्रमा पराजित भएकी छन् ।

ट्रस आफ्नो साउथ वेस्ट नोर्फोक सिटमा टेरी जेरेमीसँग ६३० मत अन्तरले पराजित भएकी छन् । टेरी जेरेमीले ११ हजार ८४७ मत प्राप्त गरे भने लिज ट्रसले ११ हजार २१७ मत प्राप्त गरेकी थिइन् ।

हारपछि ट्रसले भने, ‘धेरै नीतिहरूमा हामीले जनताले अपेक्षा गरेजस्तो प्रदर्शन गर्न सकेनौं । हाम्रो पार्टी करको दर घटाउन र आप्रवासन घटाउन असफल भयो ।’

रक्षामन्त्री ग्रान्ट श्याप्स लेबर पार्टीका उम्मेदवारसँग पराजित भएका छन् । यद्यपि सुनकको सरकारमा अर्थमन्त्री रहेका जेरमी हन्ट साँघुरो मतातन्तरले विजयी भएका छन् ।

यस निवाचनमा लेबर पार्टी १४ बर्षपछि सत्तामा फर्किएको छ । ६५० सिट रहेको बेलायतको तल्लो सदनमा लेबर पार्टीले अहिलेसम्म ४११ सिटमा जित हासिल गरेको छ भने कन्जरभेटिभ पार्टीले ११९ सिट जितेको छ ।

तपाईको प्रतिक्रिया