मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

काठमाडौं –  फ्रान्समा आज आमचुनाव भइरहेको छ । त्यसको नतिजा ऐतिहासिक हुन सक्ने जनाइएको छ । किनकि, त्यहाँ दक्षिणपन्थी पार्टी सत्तामा पुग्ने अनुमान गरिएको छ ।

चुनावी पोलमा दक्षिणपन्थी पार्टी द नेसनल -याली अगाडि देखिएको थियो । जसको नेतृत्व मेरिन ले पेन र जोर्डन बार्डेलाले गरेका छन् । यो चुनावमा ४.९ करोड मतदाता छन् । यसमा अधिक मतदान हुने अपेक्षा गरिएको छ ।

यो चुनाव दुई चरणमा हुँदै छ । अर्को चरण आउँदो आइतबार भएपछि नेसनल एसेम्बलीका सबै ५७७ सिटको परिणाम आउनेछ । बीबीसीबाट ।

तपाईको प्रतिक्रिया