शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

काठमाडौं – हवाईमा सर्फिङ गरिरहँदा सार्कको आक्रमणमा परी पाइरेट्स अफ द क्यारेबियन चलचित्रका अभिनेता टामायो पेरीको निधन भएको छ । ४९ वर्षीय अभिनेताको आइतबार अपराह्न निधन भएको होनोलुलुको आपत्कालीन सेवाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

स्थानीय समयअनुसार दिउँसो १ बजे आपत्कालीन सेवालाई मलेखाना तटमा बोलाइएको थियो । तर, लाइफगार्ड समेत रहेका अभिनेतालाई उद्धार गरेर तटमा ल्याउने बित्तिकै मृत घोषणा गरिएको थियो । पाइरेट्स अफ द क्यारेबियन : अन स्ट्रेन्जर टाइड्समा पेरीले अभिनय गरेका थिए । सन् २०११ मा रिलिज भएको चलचित्रमा जोनी डेप, पेनेलोप क्रुज र जेफ्री रस मुख्य भूमिकामा थिए ।

उनले यसबाहेक लस्ट, हावाई फाइभ-जिरो, ब्लू क्रस, चार्लिज एन्जल्स २ लगायत चलचित्रमा अभिनय गरेका थिए । ओहाउमा जन्मिएका पेरी व्यावसायिक रूपमा सर्फिङ गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया