Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

काठमाडौं – भारतको बिहारको मोतिहारी ‘पूर्वी चम्पारण’ मा आइतबार निर्माणाधीन एउटा सानो पुल भत्किएको छ । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार बिहारमा पछिल्लो एक हप्तामा पुल भत्किएको यो तेस्रो घटना हो ।

मोतिहारीको घोरासहन ब्लकमा भएको यो घटनामा कुनै हताहतीको खबर नभएको अधिकारीहरुले जनाएका छन् । ग्रामीण निर्माण विभागले घोरासहन ब्लकको नहरमा निर्माणाधीन १६ मिटर लामो पुल भत्किएको बताएका छन् ।

यो पुल अमवा गाउँलाई ब्लकका अन्य क्षेत्रसँग जोड्न निर्माण गरिएको हो । डेढ करोडको लागतमा निर्माण हुन लागेको हो ।

यसअघि जुन ४ मा पनि बिहारको खगरियामा गंगामाथि बनेको पुलको एक भाग नदीमा डुबेको थियो । यो पुल भागलपुर जिल्लाको सुल्तानगञ्ज र खगरिया जिल्लाको अगुआनी बीच करिब १७१७ करोड भारुको लागतमा निर्माण भइरहेको थियो ।

तपाईको प्रतिक्रिया