Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – आणविक शक्ति सञ्चालित अमेरिकी विमान वाहक युद्धपोत ‘थियोडोर रुजवेल्ट’ दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा पुगेको छ ।

दक्षिण कोरिया र जापानसँग संयुक्त सैन्य अभ्यासका लागि यो युद्धपोत आइपुगेको दक्षिण कोरियाको नौसेनाले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरिया भ्रमणलगत्तै अमेरिकाले युद्धपोत विमान पठाएको हो ।

दक्षिण चीन सागरको विवादित जलमार्गमा चीनको आक्रामक व्यवहारको निन्दा गर्दै तीन राष्ट्रका नेताले अगस्ट २०२३ मा वार्षिक सैन्य प्रशिक्षण अभ्यास गर्ने सहमति गरेका थिए । पुटिनको यात्राका क्रममा रुस र उत्तर कोरियाले एक अर्काविरुद्ध कुनै किसिमको आक्रमण भए प्रतिकार गर्ने ५ बुँदे सम्झौता गरेका छन् । गएको साता प्योङयाङ आएका पुटिन र नेता किम जोङ उनबीच उक्त सहमति भएको थियो ।

पुटिनले २४ वर्षमा पहिलो पटक यस हप्ता उत्तर कोरियाको भ्रमण गरेका थिए । प्योङयाङमा उच्च राष्ट्रिय सम्मान ग्रहण गरेपछि पुटिन भियतनाम पुगेका थिए । त्यहाँ पनि सहकार्यको सहमति गरेर उनी मस्को फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया