बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

समाचार सुन्नुहोस :  

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा आइतबार भेटघाट भएको छ। अध्यक्ष ओली विशेष रूपमा प्रधानमन्त्री प्रचण्डलाई भेट्नका लागि सिंहदरबार पुगेका थिए।

त्यही दिन सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि बजेट प्रस्तुत गरेका थिए। तर, प्रस्तुत गरिएको बजेटप्रति सत्ता गठबन्धनका सांसदहरूले असन्तोष व्यक्त गरेका छन्। केन्द्र सरकारले ल्याएको बजेटमाथि पनि सत्ता गठबन्धनका दलहरूले असन्तुष्टि देखाएका छन्। बजेटका विषयमा बढ्दो असन्तुष्टिका कारणले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्।

उनीहरुबीच बजेटप्रति रहेको असन्तुष्टिलाई लिएर छलफल भएको खबर छ।

 

तपाईको प्रतिक्रिया