बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं – श्रम तथा रोजगार मन्त्री डिपी अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति बढाउने तयारी गरिएका बताएका छन् ।

आइतबार श्रम मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सय दिनको उपलब्धि सुनाउँदै श्रम मन्त्री अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारलाई दिदै आएको क्षतिपूर्ति रकम ७ लाखबाट बढाएर १० लाख पुर्‍याउने तयारी भइरहेको जानकारी गराएका हुन् ।

उनले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनका उपलब्धि सुनाउँदै मन्त्रालयबाट तत्काल सुधारका र नीतिगत सुधारका कामहरु भएको बताए । ‘श्रम स्वीकृति लिने प्रक्रियालाई चुस्त बनाएर एक घण्टाभित्रै श्रम स्वीकृति लिन सकिने व्यवस्था गरेका छौं यद्यपि सोचे जस्तो हुन सकेका छैन, सुधारको काम बाँकी छ’, उनले भने ।

श्रमिकका लागि श्रमाधान योजना अघि बढाएको बताए । जस अन्तर्गत श्रमिकको गुनासो सुन्न र जिज्ञशा मेटाउान श्रमाधान कल सेक्टर सुरु गरेको बताए । उनले अझै स्तरीय र प्रभावकारी बनाउने काम भइरहेको सुनाए । यस्तै युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्दश्यले मन्त्रालयले देशभरका सातै वटा प्रदेशमा श्रमाधान रोजगार मेला सञ्चालन गरिएको बताए ।

मन्त्री अर्यालले साउन १ गतेदेखि विदेशी नियोगहरूमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण गरिने बताए । प्रमुख श्रम गन्तव्य साउदी अरब, कतार, मलेसिया तथा खाडीका अन्य देशमा माग प्रमाणीकरण अनलाइनबाट सबै नियोगहरूमा सुरुवात गरिने उनको भनाई छ ।

वैदेशिक रोजगारीमा जादा श्रमिकलाई लाग्ने आर्थिक भार, अंग्रेजीमा भाषा अनिवार्य गर्ने जस्ता ल्याएको विवास्पद कार्यविधि खारेज गर्ने जस्ता नीतिगत सुधारका काम भएको बताए । ‘आन्तरिक र वैदेशिक रोजगारीमा भएका श्रमिकका कुराहरु सुन्न भर्चुअल संवाद साउनदेखि सुरुवात गर्ने तयारी गरेका छौं ’ उनले भने ।

तपाईको प्रतिक्रिया