सोमबार, आषाढ १०, २०८१
Monday, June 24, 2024

काठमाडौं – चीनले अष्ट्रेलियालाई एक जोडी पाण्डा पहार स्वरुप पठाउने भएको छ । चीनका प्रधानमन्त्री ली क्वियाङले आइतबार दुई देशबीचको सम्बन्ध न्यानो भएको देखाउन ती पाण्डा पठाउन लागिएको जनाएका छन् ।

चारदिने अष्ट्रेलिया भ्रमणमा रहेका चिनियाँ प्रधानमन्त्रीले अदेलाइदे चिडियाखानामा गएको बेलामा सो घोषणा गरेका हुन् ।

चीनका प्रधानमन्त्रीको भ्रमण सात वर्षपछि पहिलोपटक अष्ट्रेलियामा भएको हो । चीन अष्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । चीनले पाण्डा कुटनीतिअन्तर्गत विभिन्न २० मुलुकलाई पाण्डा उपहार दिँदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया