शनिबार, आषाढ ०८, २०८१
Saturday, June 22, 2024

काठमाडौं – जी-७ शिखर सम्मेलनले युक्रेनलाई जफत भएको रुसी सम्पत्तिबाट ५० अर्ब डलर ऋण दिने सहमति गरेको छ । सो रकम युक्रेनले रुसविरुद्धको युद्धमा खर्च गर्न सक्नेछ ।

इटालीमा जारी जी–७ राष्ट्रहरूको शिखर सम्मेलनले यस्तो सहमति दिएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसबाट हामीहरू पछि हट्दैनौँ भन्ने अर्को चेतावनीमूलक सन्देश दिएको बताएका छन् ।

यता रुसले भने यो ऋण सम्झौताको नतिजा धेरै पीडादायी हुने उल्लेख गरेको छ । सम्मेलनका क्रममा बाइडेन र युक्रेनका राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको थियो । त्यसक्रममा उनीहरूले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

जी-७ मा अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायत सदस्य छन् ।

तपाईको प्रतिक्रिया