Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी अवसरवाद मौलाएको टिप्पणी गरेका छन् ।

एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको आजदेखि सुरु भएको नगर अधिवेशन उद्घाटन गर्दै नेता खनालले समाजवादको ‘एजेण्डा’ विना कम्युनिष्ट पार्टीहरू टिक्न नसक्ने बताए । समाजवादी क्रान्ति अहिलेको आवश्यकता भएको उनको भनाई छ ।

उनले देशको समानुपातिक विकासका लागी समाजवाद अपरिहार्य रहेको बताए । ‘अब सबै राजनीतिक दलले समाजवादलाई मुख्य विषय बनाउनु पर्छ,’ नेता खनालले भने ।

समाजवादले आम नागरिकका समस्या र गुनासो सम्बोधन गर्ने तर्क गर्दै उनले सङ्घीय शासन व्यवस्थामा तीनवटै तहका सरकारले समाजवादी कार्यक्रमहरू ल्याएर नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया