Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नरेन्द्र मोदीले तेस्रो कार्यकालको प्रधानमन्त्रीका रूपमा आइतबार मात्रै शपथ लिने भएका छन्। लोकसभामा बहुमत ल्याएको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) मा अझै भागबन्डा मिल्न बाँकी रहेकाले शनिबारको सट्टा आइतबार शपथ लिने योजना बनाइएको हो। मोदीले बुधबार नेपालसहित छिमेकी देशका सरकार प्रमुखहरूलाई शनिबारको शपथ समारोहमा निमन्त्रणा गरेका थिए।

तर शुभ मुहुर्तको अनुकूलता हेर्दा आइतबारको समय उपयुक्त देखिएकोले मोदीले आइतबार नै शपथ लिने तयारी गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। एनडीएले पुनः गठबन्धन सरकार बनाउने तयारी गरिरहेको छ। सरकार निर्माणको रस्साकस्सी चलिरहेका बेला मोदीको शपथ एक दिन पर सारिएको हो। शुभ मुहुर्तअनुसार आइतबारको समय उपयुक्त देखिएपछि मोदीले यो निर्णय लिएका हुन्। यद्यपि, मोदीको सचिवालयले औपचारिक घोषणा भने अझै गरेको छैन।

तपाईको प्रतिक्रिया