समाचार सुन्नुहोस :
काठमाडौँ – केही दिनअघि मात्रै जिल्ला अध्यक्षमा निर्वाचित नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । लामो समयदेखि प्याक्रियाजको समस्याबाट पीडित रहेका खनालको भारतको हैदराबादमा उपचारको क्रममा निधन भएको हो। एमाले सुनसरीका पूर्वअध्यक्ष रेवतीरमण भण्डारीका अनुसार, खनालको निधन हैदराबादमा उपचार गराइरहेको समयमा भएको हो।
खनाललाई नेकपा एमाले सुनसरी जिल्लाको आठौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा निर्वाचित गरिएको थियो। जेठ ५ गतेदेखि ७ गतेसम्म सम्पन्न अधिवेशनमा खनाल अध्यक्ष पदमा निर्वाचित भएका थिए। स्वास्थ्य अवस्थामा समस्या आएपछि उनलाई थप उपचारका लागि जेठ २२ गते हैदराबाद लगिएको थियो।