समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको विषयमा सरकारसँग जवाफ माग गरेका छन्। बुधबार प्रतिनिधिसभामा बोल्दै शाहीले यो घटनालाई देशको प्रतिष्ठासँग जोडिएको मुद्दा भन्दै सरकारले तुरुन्त जवाफ दिनुपर्ने माग गरे।
लामिछानेले विश्वकप खेल्नका लागि अमेरिकी भिसाको लागि दुई पटकसम्म अमेरिकी दूतावासमा अन्तर्वार्ता दिएका थिए। तर, उनले भिसा पाएका थिएनन् ।