Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले आफ्नो कार्यकारी अधिकारअनुसार अमेरिका-मेक्सिको सीमाबाट अवैध रूपमा अमेरिका छिरेका आप्रवासीलाई शरण लिने व्यवस्था तत्काल लागु हुने गरी रोक लगाएको छ । चुनावको मुखमा राष्ट्रपति प्रशासनले चाल्न लागेको यो महत्त्वपूर्ण कदम हो ।

यसअघि डोनाल्ड ट्रम्पको प्रशासनले पनि यही नीति अख्तियार गरिएको थियो । ह्वाइट हाउसले मंगलबार मध्यरातिबाट सो कदम प्रभावकारी रूपमा लागु हुने जनाएको छ । सीमा अधिकारीहरुका अनुसार गएको सोमबार मात्रै गैरकानुनी रूपमा तीन हजार ५०० आप्रवासी सीमाबाट छिरेका थिए । सो सीमा क्षेत्रबाट दैनिक करिब चार हजार आप्रवासी छिर्ने गरेको होमल्याण्ड सेक्युरिटीका अधिकारीहरुले जनाएका छन् ।

सरकारको आदेशका बारेमा राष्ट्रपति बाइडेनले केही सीमावर्ती क्षेत्रका मेयरहरूसँग पनि कुरा गरेका थिए । उनले पछिल्लो कदमले आफ्नो सीमा नियन्त्रणमा लिन मद्दत गर्ने समेत बताएका थिए । बीबीसीको सहयोगमा

तपाईको प्रतिक्रिया