समाचार सुन्नुहोस :
काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै सम्पन्न लोकसभा निर्वाचन २०२४ मा पुनः विजय हासिल गरेका छन्। उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट उनले तेस्रोपटक लोकसभामा स्थान बनाएका हुन्।
मोदीले राष्ट्रिय भारतीय कांग्रेसका उम्मेदवार अजय रायलाई एक लाख पचास हजार मतको अन्तरले पराजित गरे। यो उनको अहिलेसम्मकै कम मतान्तर हो। सन् २०१९ मा मोदीले ६ लाख ७४ हजार ६६४ मत प्राप्त गरेका थिए भने यसपटक उनले ६ लाख ११ हजार ४३९ मत प्राप्त गरेका छन्।