Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – सत्तारुढ घटक राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टोलीको समर्थनमा टोलीको जर्सी लगाएर संसदको बैठकमा उपस्थित भएका छन्। टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमलाई समर्थन जनाउन उनीहरूले जर्सी लगाएका हुन्। बैठकमा प्रवेश गर्नु अघि, सांसदहरूले सामूहिक फोटो खिचाए।

१० वर्षपछि टी-२० विश्वकपमा सहभागी हुँदै गरेको नेपालको पहिलो खेल नेदरल्याण्ड्ससँग हुनेछ। समूह ‘डी’को यो पहिलो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ। नेपालले यो ऐतिहासिक खेललाई स्मरणीय बनाउन हर सम्भव प्रयास गर्नेछ।

यी दुई टोलीले अहिलेसम्म १२ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। जसमा नेदरल्यान्ड्सले ६ खेल जितेको छ भने नेपालले ५ खेल जितेको छ। एक खेलको नतिजा भने आउन सकेको छैन।

तपाईको प्रतिक्रिया