समाचार सुन्नुहोस :
काठमाडौँ – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। आजको मन्त्रिपरिषद् बैठकमा, कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेशसभाको चालु अधिवेशनमा जेठ २१ गते दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गर्ने निर्णय गरिएको छ।
बैठकले महालेखापरीक्षकको छैँटौ वार्षिक प्रतिवेदन–२०८१ पनि प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ, यो जानकारी आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता लिलावल्लभ अधिकारीले दिएका हुन्।