Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ हुने भएको छ। अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछानेविरुद्ध दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो। भट्टराईले गृहमन्त्री लामिछानेको पदमा रहँदा सहकारी ठगीको छानबिन निष्पक्ष रूपमा हुन नसक्ने भन्दै निलम्बनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रिटमा, सहकारी ठगीको कुनै मुद्दा नभएको भनी महान्यायाधिवक्ता कार्यालयको पत्रलाई खारेज गर्नसमेत माग गरिएको छ। रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले जिम्मेवारी धारण गर्दा अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पर्ने तथा प्राकृतिक न्यायको सिद्धान्त विपरीत हुने भएकाले, अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट उनलाई निलम्बन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नाममा अन्तरिम प्रकृतिको उपयुक्त आदेश माग गरिएको छ।

तपाईको प्रतिक्रिया