समाचार सुन्नुहोस :
काठमाडौँ – प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने यस बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययका वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन् र यस प्रस्तावमा सामान्य छलफल सुरु हुने बताइएको छ। सरकारले गत जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट सार्वजनिक गरेको थियो।