समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अधिकांश विदेशी मुद्राहरूको मूल्य स्थिर रहेको छ, जसमा अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, र अस्ट्रेलियन डलर समावेश छन्। शनिबारको विनिमय दरमा कुनै परिवर्तन नभएकाले आज पनि यिनै दरहरूमा कारोबार हुनेछ।
राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ। हिजो पनि अमेरिकी डलर यिनै दरमा कारोबार भएको थियो। त्यस्तै, युरोपियन युरो १ को खरिददर १४४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४५ रुपैयाँ २७ पैसा छ। हिजो पनि युरो यही दरमा कारोबार भएको थियो।
आज बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७० रुपैयाँ २८ पैसा निर्धारण भएको छ। अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ। कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ९९ पैसा रहेको छ। बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०२ पैसा रहेको छ। त्यस्तै, जापानी येन दशको खरिददर ८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ।