Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

 

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर रु तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर रु एक रुपैयाँ घटाएको छ।

निगमद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, शुक्रबार राति १ बजेदेखि लागू हुने गरी नयाँ मूल्यहरु निर्धारण गरिएको हो। मूल्य घटेपछि, तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा, र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६८ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर रु एक सय ५३ पुगेको छ। दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६७ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर रु एक सय ५२ रहेको छ।

यस्तै, पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर रु एक सय ५० रुपैयाँ ५० पैसा कायम गरिएको छ। निगमले हवाई इन्धन र एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखेको छ।

तपाईको प्रतिक्रिया