Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदाको अवधि बढाउने निर्णय गरेको छ। उपमहानगरपालिकाले असार ७ गतेसम्म विद्यालयहरूमा गर्मी बिदा थप गर्ने घोषणा गरेको छ। उपमहानगरपालिकाका महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार अत्यधिक गर्मी र ‘लु’का कारण पठनपाठनमा समस्या आएपछि जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय गरिएको हो।

यसअघि, नेपालगञ्ज उपमहानगरपालिकाले जेठ १५ देखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो। उपमहानगरपालिकाको शिक्षा महाशाखाको क्यालेन्डर अनुसार यस वर्ष जेठ २७ देखि असार १४ गतेसम्म गर्मी बिदा दिने योजना थियो। नेपालगञ्ज उपमहानगरपालिका भित्रका विद्यालयहरू असार ९ गतेदेखि पठनपाठन पुनः सुरु हुने बताइएको छ। केही दिन अघि, नेपालगञ्जको अधिकतम तापक्रम ४४.२ डिग्री सेल्सियस मापन गरिएको थियो, जसका कारण यहाँको जनजीवन निकै कष्टकर बनेको छ।

 

तपाईको प्रतिक्रिया