समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ ८५ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ६२ पैसा र बिक्री दर १४५ रुपैयाँ २७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५२ पैसा र बिक्री दर १७० रुपैयाँ २८ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको छ । त्यसैगरी, जापानी येनको मूल्य दशको खरिद दर ८ रुपैयाँ ४८ पैसा र बिक्री दर ८ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।