Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

 

काठमाडौँ – काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालयका प्रयोगकर्तासँग शुल्क नलिन सञ्चालक र व्यवस्थापकलाई आग्रह गरेको छ । एक सूचना जारी गर्दै महानगरले आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाई सहयोग उपलब्ध गराउने बताउँदै सेवाग्राहीसँग शुल्क नलिन भनेको हो ।

‘महानगरपालिकाले आवश्यकता अनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाई सहयोग उपलब्ध गराउने भएकाले सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेस गर्नुहुन अनुरोध गरिन्छ ।’ सूचनामा भनिएको छ ।

महानगरले तोकिएको समयावधि पश्चात् सबै सार्वजनिक शौचालयहरू निःशुल्क सञ्चालन गर्नुपर्ने बताएको छ । सूचना विपरीत सार्वजनिक शौचालयको प्रयोग बापत कुनै प्रकारको शुल्क असुल गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने महानगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया