Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अत्यधिक गर्मी भएपछि वीरेन्द्रनगर भित्रका विद्यालयहरूले आइतबारदेखि बन्द हुने तयारी गरेका छन्। निजी विद्यालयको छाता संगठन प्याब्सनले जेठ २० गतेदेखि एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। शुक्रबार वीरेन्द्रनगरको तापक्रम ४० डिग्री सेल्सियस मापन भएको छ र यसले संस्थागत विद्यालयको संरक्षण भन्दा बालबालिकाको स्वास्थ्यमा असर पर्ने खतरा बढाएको छ।

साथै, वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालयहरू पनि बन्द गर्ने तयारी गरेका छन्। नगरपालिका शिक्षा शाखा प्रमुखले गर्मी अत्यधिक बढेको भन्दै नगरभित्रका विद्यालय बन्द गर्ने तयारी गरिएको जानकारी दिएका छन्।

“गर्मी बढेपछि हामीले नगरभित्रका विद्यालय बन्द गर्ने तयारी गरिरहेका छौं,” लम्सालले भने, “यदि पानी परेर तापक्रम घट्यो भने विद्यालय बन्द हुदैन। यसैगरी गर्मी यस्तै रहेको भए आइतबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरिनेछ।”

तपाईको प्रतिक्रिया