Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

 

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्यूरोडमा सडकमा पार्किङ गर्न पाउनुपर्छ भन्नेहरूले अहिले फुटपाथ विस्तार हुँदा विरोध गरिरहेको बताएका छन्। सडक डिभिजन कार्यालयले न्यूरोडको सडक पुनःस्थापन गर्न दिएको २ दिनको समयसीमा सकिँदै गर्दा मेयर शाहले सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्।

‘न्यूरोडमा सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गरेका व्यक्तिहरूले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन्। सोच्नुपर्ने कुरा छ— सडकमा ३ फिटभन्दा बढी पार्किङ गर्दा सडक साँघुरो नहुने तर त्यही ठाउँ खाली गरेर फुटपाथ बनाउँदा सडक साँघुरो हुने कसरी हुन्छ?’ उनले प्रश्न गरेका छन्।

मेयर शाहले सडक विभागले बनाएको मापदण्डअनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख मानिस आवतजावत गर्ने न्यूरोडको सडकका लागि फुटपाथ कत्रो चाहिन्छ भनेर विचार गर्न आग्रह गरेका छन्। उनले सडक विभागले मापदण्ड पालना गरेको हो कि होइन भन्ने प्रश्न पनि उठाएका छन्।

सडकमा प्रतिशोध लिने सोच राखेर पार्किङबाट फाइदा उठाउन चाहनेहरूले न्यूरोडलाई अव्यवस्थित बनाएको मेयर शाहको आरोप छ। विकास गर्न र न्यूरोडलाई अझै व्यावसायिक, सुन्दर बनाउन सबैले मिलेर काम गर्नुपर्ने उनको भनाइ छ।

 

 

 

तपाईको प्रतिक्रिया