Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आईसीसी टी–२० विश्वकपमा भारत र पाकिस्तानबीचको खेलमा आतंककारी हमलाको धम्कीपछि न्यूयोर्कमा सुरक्षा कडा पारिएको छ। विश्वकप सुरु हुनुभन्दा निकैअघि उक्त खेलका क्रममा आतङ्ककारी हमलाको चेतावनी दिइएको थियो ।

भारत र पाकिस्तानबीचको खेल जुन ९ तारिखमा न्यूयोर्कको आइसनहोवर पार्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ। सुरक्षा व्यवस्थामा कुनै कमजोरी नराख्न स्थानीय प्रशासनले विशेष सावधानी अपनाएको छ।

आतंकवादी संगठन आईएसआईएस खोरासनले एक भिडियो मार्फत यो खेलमा ‘लोन उल्फ’ शैलीको आक्रमण गर्ने चेतावनी दिएको छ। ‘लोन उल्फ’ आक्रमण भनेको एकल व्यक्तिले गरिने आतंककारी हमला हो। न्यूयोर्कका गभर्नर क्याथी होचलले विश्वकपका क्रममा कुनै ठोस खतराको संकेत नभएको बताए पनि सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको बताएका छन्।

 

 

तपाईको प्रतिक्रिया