समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला एक लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ४२ हजार २ सय रुपैयाँमा पुगेको छ। यो मूल्य हालसम्मकै उच्च रेकर्ड हो ।
तेजाबी सुनको भाउ पनि बढेको छ, जसमा बुधबार प्रतितोला १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज १ लाख ४१ हजार ५ सय रुपैयाँ पुगेको छ। यसैगरी, चाँदीको मूल्य भने घटेको छ। बिहीबार प्रतितोला एक हजार ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर एक हजार ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।