Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कान्तिपुर मिडिया ग्रुपका अधक्ष्य कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले तेस्रो पटक तीन दिनको म्याद थप गरेको छ । अदालतले सोमबार सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । सिरोहिया गत मंगलबारदेखि प्रहरीको हिरासतमा रहेका छन् । नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया हिरासतमा रहेको बेला अस्वस्थ्य बनेपछि जनकपुरस्थित काव्या अस्पतालमा उपचार गराइरहेका छन् ।

गत मंगलबार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाटै पक्राउ गरी बुधबार बिहान जनकपुर पुर्याइएको थियो । बुधबार अदालतमा उपस्थित गराइएका उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो । शुक्रबार पुनः तीन दिनको म्याद थपिएको थियो ।

 

तपाईको प्रतिक्रिया