काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीति तमासा भइरहेको बताएका छन् । शनिबार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रिय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री राष्ट्रिय राजनीतिमा अत्यन्त व्यस्त भएको उनले बताए । ‘प्रधानमन्त्रीज्यू अत्यन्तै बीजी हुनुहुन्छ, राष्ट्रिय राजनीतिमा उहाँ जति व्यस्त कोही हुनुहुन्न होला, हामी त तमासा मात्रै हेरेर बसेका छौँ,’ नेपालले भने, ‘हामी यो सबै घटनालाई नियालिरहेका छौँ, नेपालको राजनीतिकले कुन कोर्स लिएर जाने हो ।’
नेपालले राष्ट्रिय राजनीतिमा आफूहरूलाई बेवास्ता गरिरहेको पनि आरोप लगाए । राजनीतिक दिशा कतातिर जाने हो भन्ने चिन्ता रहेको नेपालको भनाई छ । उनले सो कुरा बताइरहँदा सोही मञ्चमा प्रधानमन्त्री प्रचण्डसमेत थिए । उनी नेपालतिर हेरेर हाँसिमात्रै रहे ।