Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध जिल्ला अदालतमा कुटपिट र लुटपाटको मुद्दा दायर भएको छ । आज शुक्रबार जिल्ला अदालतमा उनीहरु बिरुद्ध काठमाडौँमा कुटपिट र लुटपाटको मुद्दा दायर भएको अदालतका प्रवक्ता चन्द्र पन्थीले बताए ।

प्रवक्ता पन्थीका अनुसार प्राणमञ्च डटकमका प्रधान सम्पादक पदमप्रसाद पोखरेलले आफूमाथि कुटपिट र लुटपाट भएको भन्दै मेयर साह, नगर प्रहरी प्रमुख पाण्डे र महानगर प्रहरीका एसपी मनोज लामिछानेविरुद्ध अदालतमा कुटपिट र लुटपाटको फिराद दर्ता गराएका हुन् । उनले उनीहरूलाई कुटपिटबापत मुलुकी अपराध संहिताको दफा १९१ को (३) बमोजिम ३ वर्ष कैद र ३० हजार जरिवाना माग गरेका छन् । त्यस्तै लुटपाटतर्फ दफा २८६ (३) बमोजिम सामान र बिगो गरेर ३ लाख ४४ हजार ११७ रुपैयाँ भराउन माग गरेका पन्थीले बताए ।

काठमाडौं महानगरपालिकाले सुन्धारामा १६ फागुनमा फुटपाथ व्यवसायीमाथि गरेको धरपकडका क्रममा आफूमाथि कुटपिट भएको र क्यामेरालगायत सञ्चार उपकरण फुटाइदिएको भन्दै प्रधान सम्पादक पोखरेलले अदालतमा निवेदन दिएका हुन् ।

 

तपाईको प्रतिक्रिया