समाचार सुन्नुहोस :
काठमाडौँ – माता जानकी सीताको जन्मदिन आज जानकी नवमी मनाइँदै छ । सीताको जन्म दिनको स्मरणमा आज जनकपुरधाममा धुमधामका साथ जानकी नवमी मनाइँदै छ । वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाउने गरिन्छ ।
जानकीको जन्मदिनको अवसरमा जनकपुर धाममा आज पूजाअर्चना भजनकीर्तन गरिदै छ । आज विहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायत मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरुको भिड लागेको छ ।
जानकी नवमीमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर पुगेका छन् । जानकी नवमीको अवसरमा मधेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।