Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सहकारी ठगी प्रकरणलाई लिएर नेपाली कांग्रेस र नेकपा (एमाले)का सांसदबीच धकेलाधकेल भएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको हो।

बिहीबार अपराह्न प्रतिनिधि सभाको बैठक शुरू हुने वितिक्कै कांग्रेसका सांसदले ‘वेल’मा गएर विरोध जनाएका थिए। उनीहरू सहकारी ठगी प्रकरणमा आरोपित उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएका छन्। यहि विषयलाई लिएर बिहीबारको बैठकमा पनि विरोध जनाएका थिए। कांग्रेसको विरोधबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएका थिए।

कांग्रेस सांसदले नाराबाजी गरेका थिए। यहिंबीच एमाले अध्यक्ष केपी शर्मा ओली गृहमन्त्री लामिछानेलाई रोस्टममा गएर बोल्न भनेका थिए। अध्यक्ष ओलीसँगै एमाले सांसदहरूले लामिछानेलाई रोस्टममा लग्न खोजेका थिए। त्यसपछि कांग्रेसका सांसद बाटो छेक्न गएका थिए। यहीबीच कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेल शुरू भएको थियो। यो क्रम बढ्दै गएपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगित गरेका हुन्।

प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ। यहि विषयलाई लिएर राष्ट्रिय सभाको बिहीबारको बैठक पनि स्थगित भएको थियो। राष्ट्रिय सभाको बैठकमा पनि कांग्रेसका सांसदले विरोध जनाएका थिए।

 

तपाईको प्रतिक्रिया