Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नाराबाजी गर्दै अवरोध गरेको छ । निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरि ६ बजे बसेको बैठकमा कांग्रेसले अवरोध गरेको हो । बैठक सुरु हुनासाथ कांग्रेसले वेल घेराउ गरेका हुन् । संसद् बैठक सहज ढंगले सञ्चालन गर्नका लागि बिहान ११ बजेका लागि तय भएको बैठक सूचना टाँस गरी अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

सो समयमा सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए भने सत्तापक्ष दल र प्रतिपक्ष दलका बिचमा संवाद भएको थियो । तर संसदीय छानबिन समिति बनाउने, गृहमन्त्रीलाई संसदमा बोल्न दिने विषयमा सहमति जुट्न सकेन । गृहमन्त्री लामिछानेले आफूविरुद्ध संसदमा विपक्षी दलले प्रश्न उठाएपछि आफूले बोल्न पाउनुपर्ने माग गर्दै आएका छन् ।

सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने माग कांग्रेसको छ । सत्तापक्ष लामिछानेलाई बोल्न दिएपछि मात्रै समिति बनाउने पक्षमा देखिएको छ । कांग्रेसका सांसदहरूले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग राख्दै सदनमा नाराबाजी गरेका छन् ।

तपाईको प्रतिक्रिया