शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतको सर्वोच्च अदालतले पतञ्जलिको विवादित विज्ञापन सम्बन्धी मुद्दामा बाबा रामदेव र आचार्य बालकृष्णलाई कारबाहीका निम्ति तयार रहन भनेको छ । भ्रामक विज्ञापनसम्बन्धी मुद्दामा पतञ्जलि आयुर्वेदका संस्थापक रामदेव र प्रबन्ध निर्देशक बालकृष्णले दोस्रोपटक मागेको माफी पनि भारतको सर्वोच्च अदालतले खारेज गर्दै यस्तो चेतावनी दिएको हो ।

यो सुनुवाइ पतञ्जलिको भ्रामक विज्ञापनविरुद्ध इन्डियन मेडिकल एसोसिएसनको याचिकामा भएको हो। मुद्दामा पतञ्जलिले कोभिडविरुद्धको खोप कार्यक्रम र एलोपेथीविरुद्ध नकारात्मक प्रचार गरेको र आफ्नो आयुर्वेदिक औषधिबाट केही रोग निदान हुने झुठो दाबा गरिएको आरोप छ ।

यही मुद्दाका सम्बन्धमा २ अप्रिलमा अदालतको यही बेञ्चमा सुनुवाइका क्रममा पतञ्जलिका तर्फबाट माफीनामा दिइएको थियो । तर इजलासले त्यसलाई ‘देखावटी’ भन्दै अस्वीकृत गरेको थियो ।

तपाईको प्रतिक्रिया