Deneme Bonusu Veren Siteler
मंगलबार, माघ १५, २०८१
Tuesday, January 28, 2025

काठमाडौं – कलेजोको गम्भीर रोगबाट ग्रसित सासूलाई ज्वाइँले आफ्नो कलेजो दान गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा भएको २२औँ कलेजो प्रत्यारोपणमा ६५ वर्षीया सासू लक्ष्मी देवी श्रेष्ठलाई उनका ४५ वर्षीय ज्वाइँ श्रीकृष्ण मानन्धरले आफ्नो कलेजो दान गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

केन्द्रका कार्यकारी निर्देशक एवं कलेजो प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा सो प्रत्यारोपण भएको थियो । डा. श्रेष्ठका अनुसार अंग लिने सासू र अंग दिने ज्वाइँ दुवैकै स्वास्थ्य अवस्था सामान्य छ । ज्वाइँले सासूलाई कलेजो दान गर्नु समाजकै लागि नमुना भएको डा. श्रेष्ठको भनाइ छ ।

केन्द्रले हालसम्म २२ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको उनले बताए । केन्द्रले नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण गरेको थियो । भक्तपुरका बलराम नागालाई उनकी ४२ वर्षीया दिदीले कलेजो दिई नेपालमा पहिलो कलेजो प्रत्यारोपणको सुरुवात भएको थियो ।

केन्द्रले यस अवधिमा एक हजार २१२ जनाको मिर्गौला र २२ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । केन्द्रमा १५ देखि २० लाख रुपियाँमा कलेजो प्रत्यारोपण हुने गरेको डा.श्रेष्ठले जानकारी दिए ।

केन्द्रमा भएका कुल १२१२ मिर्गौला प्रत्यारोपणमा अंगदाता महिला ८७३ (७२ प्रतिशत) हुँदा पुरुष ३३९ (२८ प्रतिशत) र ग्रहणकर्तामा महिला २४६ (२१ प्रतिशत) हुँदा पुरुष ९५६ (७९ प्रतिशत) छन् ।

तपाईको प्रतिक्रिया