Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

टोकियो – नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)को अध्यक्षमा गुणराज लुइँटेल निर्विरोध निर्वाचित भएका छन् । जापानको टोकियोमा शुक्रबार सम्पन्न इन्जाको छैटौँ सम्मेलनले लुइँटेलको नेतृत्वमा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विष्णु शीतल, उपाध्यक्षत्रयमा टंक पन्त, किशोर सापकोटा र ददि सापकोटा, महासचिवमा दीपक रिजाल र सचिवमा आनन्द कोइराला निर्विरोध निर्वाचित भएको इन्जाले जनाएको छ । नयाँ कार्यसमितिको सदस्यमा रीता सापकोटा, कमल ढकाल, ध्रुव पौडेल, विष्णु शर्मा, डावा ढकाल, विनेश खनाल, विजय थापा र खेम भट्टचन चयन भएका छन् ।

वरिष्ठ पत्रकार भूषण घिमिरेको संयोजकत्वमा पत्रकारद्वय कृष्णा पौडेल र सिर्जना ढकाल रहेको निर्वाचन कमिटीले उनीहरू निर्वाचित भएको घोषणा गरेका थिए । यसअघि आयोजित इन्जा डेका अवसरमा आयोजित अन्तरक्रियामा टोकियोस्थित नेपाली दूतावासका नियोग उपप्रमुख एवम् काउन्सुलर अम्बिकाप्रसाद जोशीले विश्वभरि छारिएर बसेका सबै नेपालीहरू आपसमा ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नका इन्जाले ब्रेन सर्कुलेशनका कार्यक्रमहरू प्रवर्द्धन गर्न सुझाव दिए । बस्तुनिष्ठ र सामाजिक उत्तरदायित्वका हिसाबले सकारात्मक समाचार प्रवाह गर्न विदेशमा रहेका पत्रकारहरू सक्षम हुने उनको विश्वास छ ।इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइँटेलले व्यक्ति विशेषले कुनै लाभ प्राप्तिका लागि सामाजिक सञ्जालका माध्यमबाट प्रसारण गरेका सबै सामग्रीलाई पत्रकारिताका रूपमा बुझिदिँदा समाजमा द्विविधा उत्पन्न भएको बताउँदै सत्य तथ्यमा आधारित विषयवस्तु जनमानसमा सही तरिकाले पुर्‍याउन पत्रकारले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए । इन्जाले विभिन्न देशमा रहेका नेपाली नियोगहरूसँग नजिक रहेर सहकार्य गर्न संस्था तयार रहेको उनले बताए ।संस्थाका उपाध्यक्ष टंक पन्तले इन्जाको उद्देश्यअनुरूप संकटमा रहेका नेपाली सञ्चारकर्मीलाई गरिँदै आएको सहयोगको बारेमा इन्जा केन्द्रित रहने बताए । एभरेष्ट इन्टरनेशनल स्कुलका प्राचार्य विष्णुप्रसाद भट्टले सामाजिक रूपान्तरणमा मिडियाको महत्त्वपूर्ण भूमिका रहने बताउँदै नेपाली वेशभूषा, कला, संस्कृतिलाई अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउन आफ्नो विद्यालयले गरेको योगदान उजागर गर्न आवश्यक रहेको विचार व्यक्त गरे ।सो अवसरमा एनआरएन ग्लोबलका वरिष्ठ उपाध्यक्ष रविन शेरचन, महिला विभागकी प्रमुख अनिता गुरुङ, साहित्यकार मञ्जु गिरी, पत्रकार मनिषा चौलागाईँ र दीपक गौतमले प्रवासमा रहेका नेपालीका समस्या र समाधान गर्न चालिनुपर्ने कदमबारे रायसुझाव दिएका थिए । सन् २०१८ मा मार्च १ तारिख स्थापना भएको इन्जाको अमेरिकामा मुख्यालय छ भने एशिया, युरोप र अफ्रिकामा शाखा रहेका छन् ।

तपाईको प्रतिक्रिया