शारीरिक श्रमका बेला मस्तिष्कबाट एन्डोफिर्स नामक रसायन उत्सर्जन हुन्छ । यो रसायले मान्छेको मूड लाई ठीक राख्छ र सकारात्मक सोचाइको विकाश गर्छ । त्यसैले विभिन्न खाले श्रम पर्ने खालका कामका साथै व्यायाम तथा खेलकुदमा समेत सहभागी हुनुहोस् । यसले शरीरमा ऊर्जा भर्ने मात्र होइन तनावबाट पनि मुक्त गराउँछ ।
वाचा पूरा गर्नुस्
तनावको एक मुख्य कारण हो आफ्नो बाचा पूरा गर्न नसक्नु । कामकाजी तथा निजी जिन्दगीमा त्यसैले त्यत्तिमात्र बाचा गर्नुस् वा महत्वाकांक्षा राख्नुस् जति तपाईँले पूरा गर्न सक्नुहुन्छ । क्षमता भन्दा ठूलो कुरा गर्ने कोसिसले तपाईँलाई शारीरिक तथा मानसिक रूपमा समस्यामा पार्छ र तनाव र डिप्रेसन बढाउँछ ।
निद्रा अत्यावश्यक
आधुनिक जीवनमा शरीरले भन्दा बढी काम हाम्रो दिमागले गरिरहेको हुन्छ त्यसकारण दिमागलाई रिचार्ज गर्नका लागि भरपुर आरामको जरुरत पर्छ । त्यसैले दिनमा ७-८ घण्टा मस्त सुत्नु आवश्यक हुन्छ । पर्याप्त निद्राको अभावमा तनाव बढ्ने तथा शारीरिक र मानसिक रूपमा समेत व्यक्ति कमजोर हुने हुन्छ ।
योगा ध्यान
योगाभ्यास, ध्यान तथा प्राणायामले शरीर तथा मस्तिष्कको थकानलाई कम गर्छ । यसले एकाग्रता पनि बढाउँछ । त्यसैले दिनमा कम्तीमा पनि २० मिनेट योगा गर्नुहोस् ।
व्यवस्थित जीवन
हडबड गर्दा काम बिग्रने जोखिम बढी हुन्छ र त्यसले बेकारमा मानसिक तनाव दिन्छ । त्यसैले व्यवस्थित तथा अनुशासित जीवनशैली अपनाउनुहोस् । हरेक काम समयतालिका बनाएर गर्नुहोस् ।
मोबाइलबाट मुक्ति
बिदाको दिनमा पनि दिनभर मोबाइल खेलाइरहने तथा घण्टौँसम्म ल्यापटपको प्रयोग गर्ने मानिसमा तनावको मात्रा उच्च हुन्छ । ग्याजेटको दुनियाँ सुविधाका लागि हो, तनाव थप्न होइन ।
यसमै झुन्डिइरहने हो भने यसले तनाव र हैरानी तथा रोग थप्छ । त्यसकारण बिदाको दिन कम्तीमा मोबाइल तथा ल्यापटपबाट आफूलाई मुक्ति दिलाउनुहोस् ।