Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

नागोया – एनआरएनए क्षेत्रीय समिति नागोयाले स्थानीय संघसंस्थासँग अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न गरेको छ । कार्यक्रम नागोयाको oka kaikan Meeting Hall मा आयोजना गरिएको हो ।कार्यक्रममा एनआरएनए क्षेत्रीय समिति नागोयाका उपाध्यक्ष एवं एनआरएनए नागोया अन्तर्गतको स्थानीय संघसंस्था समन्वय समितिका संयोजकसमेत रहेका योमन देवानले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । पहिलो सत्रको कार्यक्रममा एनआरएनए क्षेत्रीय समिति नागोयाका सहकोषाध्यक्ष मित्रलाल सिग्देलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन एनआरएनए क्षेत्रीय समिति नागोयाका सहसचिव सागर थापा बगालेले गरेका थिए भने सचिव दलबहादुर कार्की (प्रतीक)ले सहभागीले दिएको सुझावलाई टिपोर्ट गरेका थिए ।राष्ट्रिय गान बाट सुरु गरिएको उक्त कार्यक्रममा हालै मात्र नागोया क्षेत्रमा असामयिक निधन भएका लमजुङका २२ वर्षीय युवराज तामाङ, धनकुटाका २२ वर्षीय रविन पौडेल र नुवाकोटका २८ वर्षीय अर्जुन कार्कीप्रति १ मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा नेपाली समुदायको एनआरएनए नायोया प्रतिको बुझाई, एनआरएनए प्रतिको अपेक्षाहरू, एनआरएनए नागोयालाई दिइने सुझावलगायत एनआरएनए नागोयासँग गर्न सकिने सहकार्यको विषयमा विषयमा सहभागी संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरूले धारणा राखेका थिए ।कार्यक्रम एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमको अध्यक्षता एवं एनआरएनए आईसिसि सचिव पारसमणि पोखरेलको प्रमुख आतित्थतामा सम्पन्न भएको थियो । कार्यक्रममा एनआरएनए एशिया प्यासिफिकका उपसंयोजक दीपक कार्की, एनआरएनए जापानका सहकोषाध्यक्ष राम थापाकाजी, एनआरएनए जापानका सल्लाहकार यम खत्री, नेपाली मिडिया सेन्टर जापानका अध्यक्ष एवं एनआरएनए जापानका प्रेस सल्लाहकार कविकिरण न्यौपाने, नेपाल पत्रकार महासंघ, जापान शाखाका संस्थापक सचिव हरिप्रसाद पोखरेल, एनआरएनए जापानका निवर्तमान उपाध्यक्ष राजकुमार अधिकारी, निवर्तमान सचिव श्याम शीतललगायतको उपस्थिति थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया