Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालमा रोजगारीका लागि आउने आप्रवासी श्रमिकको सङ्ख्या पछिल्लो पटक बढेको छ । गत आर्थिक वर्ष २०७९/८० को छ महिनाको तुलनामा चालुु आवको २०८०/८१ सो अवधिमा रोजगारी खोज्दै नेपाल आउने विदेशीको सङ्ख्या बढेको हो ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालु आवमा विदेशी विकास साझेदारले सञ्चालन गरेका परियोजना तथा प्रतिष्ठानमा काम गर्न एक हजार १४१ विदेशी श्रमिकले श्रम स्वीकृति लिएका छन् । गत वर्षको साउनदेखि पुस महिनासम्म श्रम स्वीकृति लिनेको सङ्ख्या ९१८ थियो । विभागका अनुसार जसमा नयाँ श्रम स्वीकृति लिने ४६७ जना रहेका छन् भने श्रम नवीकरण गर्ने ६६३ जना रहेका छन् ।

नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी श्रमिक राख्न पाउने व्यवस्था अनुसार विदेशीलाई नेपालमा काम गर्ने अनुमति प्रदान गरिएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा रोजगारीका लागि करिब ८० देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँँ नागरिक छन् । गोरखापत्रमा खबर छ ।

तपाईको प्रतिक्रिया