समाचार सुन्नुहोस :
काठमाडौँ – बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सरको पुष्टि भएको छ । क्यान्सर पुष्टि भएसँगै चाल्सको उपचार सुरु भएको बकिंघम प्यालेसले जनाएको छ । चाल्सको प्रोस्टेट उपचारका क्रममा क्यान्सर पत्ता लागेको हो । विभिन्न परीक्षणपछि राजा चाल्सलाई क्यान्सर पुष्टि भएको हो । क्यान्सर कुन प्रकारको हो र शरीरको कुन भागमा छ भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। यद्यपि सोमबारदेखि उनको उपचार सुरु गरिएको बीबीसीले उल्लेख गरेको छ।
चाल्र्सलाई क्यान्सर पुष्टि भएसँगै अमेरिकामा रहेका राजकुमार ह्यारीले पिता चाल्ससँग संवाद गरेका छन् । उनी बेलायत फर्किने भएका छन् । ७५ वर्षिय चाल्र्सलाई सार्वजनिक कार्यक्रम स्थगित गर्न सल्लाह दिइएको छ । प्रधानमन्त्री ऋषि सुनकले साप्ताहिक रूपमा राजालाई भेटेर प्रशासनिक काम गर्ने बीबीसीले जनाएको छ ।
‘अहिले उहाँ केही समयका लागि राजकीय कामकाजबाट अलग हुनुभएको छ। उहाँको ठाउँमा राज परिवारका वरिष्ठ सदस्यले ती दायित्व निर्वाह गर्नुहुनेछ,’ राजदरबारका प्रवक्ताले जारी गरेको वक्तव्यमा भनिएको छ।