Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशले नेपालमाथि चुनौती थपिएको छ । गएको बिहीबार अर्थात् पुस १९ गते पुटिनले नयाँ आदेश जारी गरी रुसका निम्ति लड्ने विदेशी नागरिक र उसको परिवारलाई त्यहाँको नागरिकता तथा पासपोर्ट प्रदान गर्ने घोषणा गरेका थिए । पुटिनले युक्रेनमा ‘विशेष सैन्य अपरेसन’ जारी रहेको समयमा रुसी सेनामा भर्ती हुने विदेशी नागरिक, उसको श्रीमती, छोराछोरी र बाबुआमालाई त्यहाँको नागरिकता प्रदान गर्न अनुमति दिएका हुन् ।

रुसी सेनामा भर्ती हुनेले कम्तीमा एक वर्षका निम्ति सेनामा रहने सम्झौता गरेको खण्डमा ऊ र उसको परिवारका सदस्यलाई सुरुमै त्यहाँको नागरिकता प्रदान गरिने र रुस आउन दिने नयाँ घोषणामा उल्लेख गरिएको अन्तर्राष्ट्रिय न्युज एजेन्सीले जनाएका छन् । रुसी सेनामा भर्ती हुने विदेशी नागरिक र उसको परिवारका सदस्यले आवेदन दिएपछि त्यहाँको नागरिकता र पासपोर्ट दिने प्रक्रिया सुरु गरिने आदेशमा उल्लेख छ । यो प्रक्रियाको टुंगो एक महिनामा लाग्ने जनाइएको छ ।

पुटिनले यस्तो बेला नयाँ आदेश जारी गरेका छन्, जति बेला नेपालले त्यहाँको सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न रुसलाई भनिरहेको छ । नेपालले रुसी सेनामा भर्ती भई मारिएका नेपालीको शव पठाउन, उनीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र भर्ती हुनेको पूर्ण विवरण मागिरहेको छ । रुसी सेनामा भर्ती हुन जानेलाई रोक्न नेपाल सरकारले अनेक प्रयास गरिरहेको छ । यही बेला पुटिनले नेपालीसहित विदेशी नागरिकलाई आफ्नो सेनामा आकर्षित गर्न नयाँ आदेश जारी गरेका हुन् ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया