Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा नेपाल वायु सेवा निगमका एक जना पाइलट विरुद्ध मुद्दा दर्ता गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपाल वायु सेवा निगमका सम्राटबहादुर शाह विरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको छ।

शाह नेपाल वायुसेवा निगममा २०७१ साल फागुन देखि जुनियार क्याप्टेनका रुपमा आठौं तहको विमान चालक पदमा बढुवा हुँदा पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको आयोगको दाबी छ। उनले भारतको उत्तर प्रदेशस्थित एक कलेजबाट सन् २००३ मा प्राइभेट परीक्षा दिएर इन्टरमेडियट पास गरेको प्रमाणपत्र पेश गरेका थिए।

 

तपाईको प्रतिक्रिया