Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – शुक्रबार बालकुमारीमा ज्यान गुमाएका दुई युवाको शव सेनाको हेलिकोप्टरमार्फत गृह जिल्ला लगिएको छ। सोमबार सरकार र पीडितको परिवार बीच चार बुँदे सहमति भएपछि शव बुझ्न तयार भएका हुन्।

प्रहरीसँगको झडपका क्रममा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो। ललितपुरको बालकुमारीमा इपिएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका प्रहरीसँग झडप हुँदा घटना भएको थियो। उत्जेजित भीडले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाएका थिए।

रावत र शाहको शव नेपाली सेनाको हेलिकोप्टरमा राखेर लगिएको हो। सरकारले पीडित परिवारलाई तत्काल १० लाख राहत र थप आर्थिक राहत दिने सहमति गरेको छ। त्यस्तै पीडित परिवारका एक एक जना सदस्यलाई राजगारी दिने समेत सहमति गरिएको छ।

 

तपाईको प्रतिक्रिया